एजेन्सी । बन्दुकधारीको आक्रमणबाट नाइजरमा ५८ जनाको ज्यान गएको छ । मालीसंग सीमा जोडिएको क्षेत्रमा हिजो भएको आक्रमणमा परेर अफ्रिकी देश नाइजरमा कम्तीमा ५८ जनाको ज्यान गएको हो । ४ वटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरेर बन्दुकधारीले तिलाबेरी क्षेत्रबाट आउँदै गर्दा अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको हालसम्म कुनै समुहले पनि जिम्मेवारी लिएका छैनन् ।
