ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो

एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान गुमाउनेको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २ सय ३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका १ हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ ।

ज्यान गुमाउनेमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका बताइएको छ । यो संक्रमणबाट यहाँका १ करोड १५ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६ सय ९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा ज्यान गुमाउने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति १ लाख संक्रमणमध्ये ५ हजार ४ सय ८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति १ लाख जनसंख्या संक्रमणमा कम्तीमा १ सय ३३ जनाको ज्यान जाने गरेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...