भारतमा करिब ३ करोडले कोरोना विरुद्ध खोप लगाए

एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो ।

सो समयदेखि हालसम्म देशभरी करिब ३ करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २ सय ९१ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड १९ संक्रमणको कारण १ सय १८ जनाको ज्यान गएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ७ सय २५ जना पुगेको छ । हाल भारतमा २ लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को संक्रमण सुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख ७ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

हिजो आइतबार एकै दिनमा ७ लाख ३ हजार ७ सय ७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...