काबुलमा भएको आक्रमणबाट ३ जनाको निधन, कैयौं घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल सहरका २ फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी ३ जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा त्यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छन् ।

उनका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौं सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उनले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताएका छन् । जसका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्नेछ । यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ । रासस

कमेन्टहरु
Loading...