एन्फा प्रेसिडेन्ट कपका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने

लमजुङ । लमजुङको त्रिवेणी युवा क्लबलाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी हुन गण्डकी प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको एन्फा प्रेसिडेन्ट कप २०७७ फुटवल प्रतियोगिताको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले खेलाडीका लागि पारिश्रमिकमा लाग्ने १५ लाख रुपैयाँ गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै त्रिवेणी युवा क्लबले चैत २ गतेदेखि एन्फा प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएको छ ।

गण्डकी प्रदेशमै पहिलो ए डिभिजन क्लब सावित गराउन लागि परेको त्रिवेणी युवा क्लबका खेलाडीलाई मुख्यमन्त्री गुरुङले शनिबार शुभकामना तथा बिदाई गरेका थिए । बेसशहरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले फुटबल क्लबका सहायक कोच इन्द्र राना र टिम क्याप्टेन सोमराज गुरुङलाई जर्सी प्रदान गरी बिदाई गरेका हुन् ।

क्लबका अध्यक्ष सिजन श्रेष्ठले मुख्यमन्त्री गुरुङलाई नमुनाको रुपमा क्लबको ट्रयाक प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...