कोरोना संक्रमणको दर वृद्धि भएसंगै इटालीमा फेरी लकडाउनको घोषणा

एजेन्सी । इटालीमा फेरी प्रतिबन्धात्मक नियम लागु हुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम फेरी बढ्न थालेसंगै इटालीमा आगामी सोमबारबाट प्रतिबन्धात्मक नियम लागु हुने भएको हो ।

प्रधानमन्त्री मारिओ द्राघीले इटालीका अधिकांश पसल, रेस्टुरेन्ट तथा विद्यालय समेत बन्द हुने जानकारी दिएका छन् । इटालीमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएकाले विद्यालयसहित पसल तथा रेस्टुरेन्ट बन्द गर्नुपरेको प्रधानमन्त्री द्राघीले बताएका छन् ।

अप्रिल ३ देखि ५ सम्म पूर्ण रुपमा बन्द हुनेछ । सो समयमा इटालीमा इस्टर पर्छ ।

कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रणमा दिन इटालीले १ वर्ष अगाडि पनि पहिलोपटक लकडाउनको घोषणा गरेको थियो । त्यहाँ कोरोना संक्रमणबाट हालसम्म १ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

यस्तै अहिले पनि कोरोना महामारी तीव्र रुपमा फैलिएको बताइएको छ ।

कमेन्टहरु
Loading...