मे सम्म सबै वयस्कहरुलाई खोप लगाइने बाइडेनको विश्वास

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो टेलिभिजन सम्बोधनमार्फत उनले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन पनि दिएका छन्।

खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउदाँ खोप लगाउन पनि उहाँले सबैलाई आग्रह गरेका छन्

कोरोनाभाइरसको महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै उनले अब भने राम्रा दिनहरू आएको बताए ।

जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा त्यस बेला यस वर्ष भने साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उनको भनाइ छ ।

राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनःनिर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...