पोखरा । मालेपाटन क्रिकेट क्लबको आयोजनामा आगामी चैतमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रङ्गशालाको सहयोगको लागि क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आगामी चैत १३ देखि १६ गते सम्म पोखरा महानगरपालिका-०५ मालेपाटन स्थित बाराहि मा.वि को खेल मैदानमा आयोजना गर्न लागिएको ‘ खेल स्वास्थ्यलाई,, सहयोग रङ्गशालालाई ’ भन्ने नारा सहित ‘प्रथम मालेपाटन कप २०७७’ आयोजना गरिने उक्त आयोजक क्लब मार्फत जानकारी दिईएको हो ।
प्रतियोगिता संयोजक बिनय सुवेदिले क्रिकेटसँगै रङ्गशाला निर्माणमा विकास पुर्याउने उद्देश्य सहित सो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
उनले उक्त प्रतियोगिता सहयोगको लागि रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई मेडल तथा प्रमाणपत्र सहित १३ हजार प्रदान गरिनेछ ।
सुवेदिले उक्त प्रतियोगिताबाट सर्बोत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी, मेडलबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागत तर्फ उत्कृष्ट व्याट्सम्यान र बलरलाई प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिनेछ ।