ढोरफिर्दीस्थित सेती नदीले बगाएर १ जनाको ज्यान गयो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

नुहाउने क्रममा नदीले बगाएर थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् । नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा १ किलोमिटर पर भेटिएको थियो ।

नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । रासस

कमेन्टहरु
Loading...