पोखरा: पोखरा-१८ स्थित गैह्राको चौतारामा सौन्दर्यकरणको नाममा फेवाताल पुरिएको भन्दै रत्न मन्दीर फेवाताल संघर्ष समितिले विरोध जनाएको छ ।
समितिले गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको ध्यानाकर्षण गराउँदै फेवाताल पुर्न बाँध खोलिएको त हैन ? भन्ने प्रश्न समेत गरेको छ ।
सौन्दर्यकरणका नाममा १ हजार वर्ग मिटर भुभाग पुरिन लागेको भन्दै समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘तालको पानी घटे लगत्तै बाडीपहिरोले बगाइ ल्याएको फोहरमैला , ढुंगामाटो , गेग्रायन लगायतको ठोस पदार्थ युद्धस्तरमा उठाउनुको सट्टा विवादिनत ठाउँमा सौन्दर्यकरण गर्ने गतिविधीले स्वार्थी समुहको हितका लागी शक्ति समुहको प्रभावमा परी फेवाताल पुर्न बाँध खोलिएको त हैन भन्ने आम नागरिकबीच चासो र आशंका उव्जाएको छ’,ध्यानाकर्षण पत्रमा भनिएको छ ।
समितिले फेवाताल किनारमा थुप्रीएको ढुंगामाटो लगायत फोहरमैलायुक्त बस्तु जतिसक्दो चाँडो उठाउन समेत माग गरेको छ ।