पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm लाग्नुपर्ने बताएकी छिन् । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मस्र्याङ्दी गाउँपालिका एवं महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सशक्तीकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिएकी हुन् ।
राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिवीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन् । गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानुन निर्माण गरेको जानकारी दिँदै उनले कानुनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राखिन् ।
संवैधानिक अधिकार प्राप्त भएपनि महिला राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् ।
मस्र्याङ्यादी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महिला सशक्तीकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष राममाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वेशिसहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रवित्रा रानामगर, नेकपाका धनसिंङ तामाङ, नेकाका कृष्णबहादुर गुरुङ, हिरादेवी घले लगायतले मुलुकको समृद्धिका लागि महिलाको भूमिका माथि प्रकाश पारेका थिए ।
नारी पुरुष सरावरी सधैभरी बराबरी, लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा लेखिएका प्लेकार्ड सहितको गाउँपालिकाका छुट्टछुट्टै स्थानबाट निस्केको महिला ¥याली भुलभुलेस्थित सभा हलमा सभामा परिणत भएको थियो ।
सो अवसरमा रेडियो मस्र्याङ्दीको मञ्जरी नाट्य समूहद्वारा चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।