एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४ सय ४६ जनामा कोरोना संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ हजार २ सय ६३ पुगेको छ । गत आइतबार ३ सय ४६ जनामा कोरोना संक्रमण भएको थियो । सोमबार १ सय संक्रमित बढी एकै दिनमा ४ सय ४६ मा संक्रमण देखिएको हो । कोरोना भाइरस सुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९ सय व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका ३ व्यक्तिको ज्यान गएपछि कुल मृतकको संख्या १ हजार ६ सय ४५ पुगेको समाचारमा जनाइएको छ । गत फेब्रुअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप सुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३ सय ४६ जना खोप लगाइसकेका छन् । रासस
