तोलामा ५ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५ सयले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १ सय मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६ सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले नै उकालो लागेको छ ।

तोलामा ८५ हजार १ सय ५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा १ हजार २ सय ५० मा कारोवार हुनेछ । रासस

कमेन्टहरु
Loading...