स्वास्थ्य शिवीरमा एक सय १६ जनाको परीक्षण

तनहुँ संवादाता ।
व्यास नगरपालिकाको वडा नम्वर १ चारकुनेमा भएको स्वास्थ्य शिवीरमाशिवीरमा एक सय १६ जनाले परीक्षण गराएका छन् ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको सहयोगमा वडा कार्यालयले शनिबार चारकुनेमा स्वास्थ्य शिवीर संचालन गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराबाट डा.उसान्त आचार्यको नेतृत्वमा आएको पाँच जनाको स्वास्थ्य टोलीले स्वास्थ्य शिवीरमा स्थानीयलाई सेवा दिएका थिए । शिवीरमा ७३ महिला र ४३ पुरुषले परीक्षण गराएका थिए ।

स्वास्थ्य शिवीरमा नाक, कान र घाँटी सम्बन्धी परीक्षण गरिएको थियो । सो अवसरमा २७ जनाको अप्रेशन गर्नुपर्ने प्रकृतिको बिरामी भेटिएका थिए ।

शिवीरमा ३८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएको चारकुने आधारभूत स्वास्थ्य केन्द्रकी अनमी संञ्जिता मिश्रले बताइन् । ती मध्ये २० पुरुष र १८ महिला रहेका छन् ।

‘स्वास्थ्यमा पहुँच नभएका व्यक्तिहरुले सहज रुपमा घरदैलोमा नै लाभ लिन सकुन भन्ने उद्देश्यले स्वास्थ्य शिबिरको आयोजना गरिएको हो,’ उनले भनिन् ।

पछिल्लो समय व्यास नगरपालिकाले ग्रामिण भेगका स्थानीयलाई स्वास्थ्य सेवा दिन समयसमयमा विभिन्न वडामा निसुल्क शिवीर संचालन गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...