काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै १ हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५ सयमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय मूल्य निर्धारण भएको छ ।
त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै बुधबार १ हजार ३ सय १५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा १ हजार २ सय ८५ मूल्य निर्धारण भएको महासंघले जनाएको छ । रासस