तनहुँ संवादाता ।
अवैध रुपमा गिटी बालुवा उत्खनन् गरी ओसारपसार गर्ने ८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
व्यास नगरपालिकाको वडा नम्वर ७ स्थित मादीनदि किनारबाट वालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा ग १ त २८३१, ना २ त ७३५७, ग १ त ३७३५ र ग १ त ४०५५ नम्वरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै बन्दीपुर गाउँपालिकाको वडा नम्वर ६ सारङघाटमा बन्द रहेको नमुना ग्रिड क्रसरबाट अवैध रुपमा गिटि बालुवा लोड गरी लैजादै गरेको अवस्थामा ग २ त ८२०९ र ग १ त ४२६१ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘अवैध रुपमा गिटी बालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा सवारी साधनलाई नियन्त्रणम लिइएको हो,’ उनले भने ।
त्यस्तै प्रहरीले कालीगण्डकी नदिबाट अवैध रुपमा उत्खनन् गरी बालुवा ल्याउदै गरेको अवस्थामा लु ४ त ७२०६ र लु ३ त ३०२६ नम्वरको टयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको सम्पुर्ण सवारीलाई सम्वन्धित पालिकामा बुझाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न नदीहरुमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने क्रम बढ्दै गएको छ ।