काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्यमा उच्च अंकको गिरावट देखिएको छ ।
अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १ हजार ७ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सयमा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
सोमबार तेजाबी सुन तोलामा ८८ हजार २ सय ५० मा कारोवार भएको थियो । यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार १ हजार ३ सय ३० मा कारोवार भएको चाँदी आज भने तोलामा १ हजार २ सय ९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । रासस