दिपक के श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको भवन शिलान्यास कार्यक्रममा लोकतन्त्र र विधिबारे भाषण गरिरहँदा स्टेज पछाडीबाट नेविसंघका विद्यार्थीहरु पक्राउ परेका छन् ।
विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तयारी गरिरहँदा पक्राउ परेको बताइएको छ । उनीहरुलाई प्रहरीले निर्मम शैलीमा पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले घाँटीमा ङ्याक्दै गाडीमा हालेको प्रष्ट देख्न सकिन्छ ।
पक्राउ परेपछि उनीहरुले गाडीबाटै ‘नेविसंघ जिन्दावाद’, ‘प्रहरी हस्तक्षेप मुर्दावाद’ भन्दै नारा लगाएका थिए । यसबारे प्रहरीले प्रष्ट जानकारी दिएको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले ‘केही’ विद्यार्थी पक्राउ परेको बताएपनि संख्या यकिन नभएको बताए ।
त्यस्तै, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले कास्कीका विद्यार्थी नेताहरु प्रताप बानिया, रमेशचन्द्र जैशी, अशिम सुवेदी र सन्देश ठकुरी पक्राउ परेको जानकारी दिए ।
उनीहरुलाई हाल वडा प्रहरी कार्यालय बगरमा राखिएको छ । प्रम ओलीको देशव्यापी विरोध गर्ने क्रममा कास्कीबाट प्रदर्शनकाक्रममा विद्यार्थी नेताहरु पक्राउ परेको बताए ।
भिडियाे