पर्यटकीय स्थान घान्द्रुकमा भलिवल, बास्केटबल तथा सामुहित नृत्य प्रतियोगिता हुने

राजु गिरी, पोखरा । 

कास्कीको घान्द्रुकमा शिवरात्रीको अवसरमा खुल्ला वडा स्तरीय भलिवल, अन्तर वडा स्तरीय पुरुष बास्केटबल तथा सामुहित नृत्य प्रतियोगिता हुने भएको छ । डाँडा गाउँ युवा क्लवको आयोजनामा फागुन २६ देखि २९ गतेसम्म मेस्रम बराह विद्यालयमा हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युवाहरुलाई खेलकुदमा आकर्षण गर्नुका साथै घान्द्रुकलाई चिनाउनका लागि प्रतियोगिताले भुमिका खेल्ने डाँडा गाउँ युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । ४ दिन सम्म चल्ने विभिन्न प्रतियोगितामा सामुहित नृत्य तथा साँस्कृतिक कार्यक्रम मुख्य आकर्षण रहेको उनको भनाई छ । साथै क्लवलाई सम्पर्क गरि प्रतियोगिता अवलोकन गर्न आउनेका लागि खान बस्न विशेष छुट गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

अहिलेसम्म भलिवलमा २९ टिम, बास्केटबलमा १३ टिम र सामुहिक नृत्यमा १३ टिम दर्ता भइसकेको पत्रकार सम्मेलन जानकारी दिइयो । उनका अनुसार भलिवलमा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १५ हजार रुपैँया नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै बास्केटबलतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार रुपैया नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सामुहिक नृत्य तर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि टिम दर्ता भईरहेको प्रचार प्रसार संयोजक अमृत गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...