काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य ५ सयले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सयमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १० ले घटेको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३५ मा कारोवार भएको चाँदी आज भने १ हजार ३ सय २५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । रासस