‘बीग बी’को स्वास्थ्य बिग्रियो, सर्जरीको तयारी

फाइल तस्बिर

गन्थन डेस्क

भारतीय फिल्म उद्योग बलिवुडका महानायक अमिताभ बच्चन अर्थात् बीग बीको स्वास्थ्य खराब भएको बताइएको छ ।

उनको स्वास्थ्य खराब भएको स्वयं बच्चनले जानकारी दिएको भारतीय मिडियाले जनाएको छ । शनिबार राती बच्चनले ब्लगमार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र सर्जरीको तयारी भइरहेको जनाएका हुन् ।

बच्चनले उक्त जानकारी दिएपछि उनका समर्थकहरुले स्वास्थ्यलाभकालागि भगवानसँग प्रार्थना गरिरहेको भारतीय न्यूज च्यानल जी न्यूजले जनाएको छ । यद्यपि, बच्चनले स्वास्थमा कस्तो समस्या आएको र केको सर्जरी गरिने भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।

त्यस्तै, बच्चनले ट्विट गर्दै ‘आवश्यकता भन्दा बढ्दै गयो, केही काटेपछि सुध्रिएला । जीवन मृत्युको भोली हो, भोली नै थाहा हुन्छ’ लेखेका छन् ।

 

 

– एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...