भारतीय सेनामा कार्यरत गुरुङलाई सचिन स्मृति दौडको उपाधि

तनहुँ संवादाता ।

भारतीय सेनामा कार्यरत भरत गुरुङले १८औ स्व.रो.सचिन स्मृति दौडको उपाधि जितेका छन ।

रोटर्याक्ट क्लव अफ दमौलीले शनिबार दमौलीदेखि छाव्दीबाराहीसम्म गरेको खुल्ला दौड प्रतियोगितामा उनले ८० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेका हुन् । उपाधिसहित उनले नगद दश हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले ९ किलोमिटरको दुरी ३० मिनेटमा पार गरेका थिए ।

त्यस्तै प्रतियोगितामा गोरखाका दिनेश बोगटीले ३२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै द्वितीय र ३२ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गर्दै धनगढीका वीरेन्द्रप्रसाद भट्टराईले तृतीय स्थान हासिल गरे ।

उनीहरुले क्रमस उपाधिसहित नगद ८ हजार आठ रुपैयाँ र ६ हजार छ रुपैयाँसहित प्रमाणपत्र प्र्राप्त गरे । दौड दमौलीदेखि सफासडक, गल्वुवेसी, भादगाउँ हुँदै छाव्दीबराहीमा पुगरे सम्पन्न भएको थियो ।

विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि यस पटक दौडको रुट परिवर्तन गरिएको क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धन गर्न प्रतियोगिताको रुट परिवर्तन गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...