कांग्रेस नेता जोशी अहिले पनि कोमामा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार नेता जोशीको दाहिने हातखुट्टा बिस्तारै चल्न थालेको छ । नेता जोशी अहिले पनि कोमामा नै छन् । उनको श्वासप्रश्वासमा पनि सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

बिहीबार राति नेता जोशीलाई मस्तिष्कघात भएको थियो । उपचारका लागि सुरुमा उनलाई वीर हस्पिटल लगिएको भएपनि टाउको रगत जमेको सिटी स्क्यानमा देखिएपछि उनलाई हिजो बिहान नर्भिक अस्पताल लगिएको थियो ।

नेपाली कांग्रेसका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो ।

कमेन्टहरु
Loading...