क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको निधन

एजेन्सी । कोभिड १९ को संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९ सय ९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको १० भागको १ भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो संक्रमणको खतरा भने टरेका छैन ।

तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार १ सय १४ जना नागरिकको ज्यान गएको बताइएको छ ।

त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो संक्रमणको प्रकोप रहेको बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्यांकमा जनाइएअनुसार यहाँका कम्तीमा ५ लाख नागरिकको ज्यान गएको बताइएको छ ।

अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरैको निधन भएको  तथ्यमा जनाइएको छ । यहाँ गएको १० महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला २ महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ । यसरी गएको २ महिना यता क्यालिफोर्नियाका नागरिकका लागि  कष्टकर अवस्था रहेको अमेरिकी सरकारले जनाएको छ । रासस

कमेन्टहरु
Loading...