सुनको मुल्य तोलाको ८८ हजार ८ सय निर्धारण

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५ सयले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८ सय ५० का कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा २० ले घटेको छ । १ हजार ३ सय ५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने १ हजार ३ सय ३५ मूल्य निर्धारण भएको छ । रासस

कमेन्टहरु
Loading...