व्यास गुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन हुने


तनहुँ संवादाता ।

व्यास नगरपालिकाले महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ ।

आगामी फागुन २४ गते प्रथम महिला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न व्यास नगरपालिकाले व्यास गुफा देखि तनहुँसुर सम्म २१ किलोमिटर दुरीको हाफ म्याराथन प्रतियोगिता गर्न लागेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने उदेस्यले धार्मीक क्षेत्र व्यास गुफादेखि ऐतिहासिक ठाउँ तनहुँसुरसम्म प्रतियोगिता गर्न लागिएको हो,’ उनले भने ।

प्रतियोगितामा प्रथम हुने धावकले ४१ हजार ७७, दितिय हुनेले ३१ हजार ७७ र तृतीय हुने धावकले २१ हजार ७७ रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै सान्त्वना स्थान हासिल गर्ने ५ जनालाई जनही ११ हजार ७७ रुपैयाँ प्रदान गर्ने व्यास नगरपालिकाले जनाएको छ ।

व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको सम्पन्न हुनेछ ।

कमेन्टहरु
Loading...