१८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता १५ फागुनमा

१८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता फागुन १५ मा हुने भएको छ ।

रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा हुन लागेको सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको बुधबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए ।

रोट¥याक्ट क्लब अफ दमौलीले स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष खुल्ला दौड प्रतियोगिता आयोजना गर्दैै आएको छ । आगामि १५ गते हुने दौड प्रतियोगिता दमौली अनसन चोकबाट शुरु भई गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिनेछ ।

दौड प्रतियोगिता ९ किमि दूरीको हुनेछ भने प्रतियोगिताका प्रथम हुनेलाई नगद १० हजार १०, द्वितीय हुनेलाई ८ हजार ८ र तृतीय हुनेलाई ६ हजार ६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा ५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको क्ल्वले जनाएको छ । विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशासनचोकमा आएर दौड प्रतियोगिता समपन्न हुने गरिएतापनि यस पटक दौडको रुट परिवर्तन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...