घिरिङका कृषकलाई अनुदानमा हाते ट्याक्टर र थ्रेसर मेसिन

तनहुँ संवादाता ।

घिरिङ गाउँपालिकाले कृषकलाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर, थ्रेसर मेसिन र बेसार पिन्ने मेसिन उपलव्ध गराएको हो।

गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, उपाध्यक्ष सरस्वती घिमिरे सिग्देलले संयुक्तरुपमा कृषकलाई कृषि सामग्री हस्तान्तरण गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत ध्रुवराज लामिछानेले बताए।

गाउँपलिकाले ३२ वटा हाते ट्याक्टर, पाँच वटा थ्रेसर मेसिन र एउटा बेसार पिन्ने मेसिन ५० प्रतिसत अनुदानमा कृषकलाई वितरण गरेको हो । कृषिलाई आधुनिकिकरण गर्ने उदेश्यले कृषकलाई कृषि सामग्री उपलव्ध गराइएको अध्यक्ष रनबहादुर रानाले बताए ।

‘प्रविधिको विकास भएसँगै कृषिलाई आधुनिकिकरणतर्फ लैजान कृषि सामग्री प्रदान गरेका हौ,’ उनले भने ।

हस्तान्तरण कार्यक्रममा ६६ हजार रुपैयाँ मुल्यको ९ हर्सपावरको हाते ट्याक्टर प्रदान गरिएको थियो । त्यस्तै ५२ हजार रुपैयाँ पर्ने थ्रेसर मेसिन र २५ हजार रुपैयाँ पर्ने बेसार पिन्ने मेसिन कृषकलाई अनुदानमा दिइएको गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु
Loading...