प्रारम्भिक कक्षा पढाइ कास्कीका ८ वटा सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिएको छ । पोखरा महानगरमा ४ वटा र रुपागाँउपालिकाम ४ वटा गरि ८ विद्यालय अनुगमन गर्दा नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको पाइयो ।
सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको संचालन भैरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका ३८ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरुवात भएको हो ।
समग्रमा उक्त कार्यक्रम प्रभावकारी बनेको इजिआर पि क्षेत्रिय कार्यलय संयोजक बखत भण्डारीले जानकारी दिए । दुइदिने अनुगमनले विद्यार्थीमा सिक्ने पढने र लेख्नेमा बौद्धिक बृद्धि भएको पाइयो, पढाइको जग बलियो बनाउने उदेश्यले गरिएको राष्«िटय कार्यक्रम हो, उपलब्धता, गुणस्तर, र सक्षमता गरि ३ कुरामा जोड दिइएको छ ।, पठनशिपको विकास भएको हामीले पायौ, उनले भने । उनले विद्यालयमा शिक्षा सुधारका लागी स्थानिय सरकारले ध्यान दिन नसकेको अनुगमनले देखाएको जानकारी गराए।
कार्यक्रमको उपलव्धिका सन्तोष जनक रहेको कास्की जिल्ला संयोजक तृप्ति चौधरीले बताइन् । “कोभिडका कारण विद्यार्थीको पढाइमा असर गर्यो कि भन्ने थियो, तेस्तो भेटिएन् व्यवस्थापन राम्रो रहेछ, । चौधरीका अनुसार विद्यार्थीको पढाइको गुणस्तरमा खस्किएको छैन् ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा अधिकृत राम प्रसाद तिवारीले माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्या बढि र आधारभुत तहमा कम देखिएको बताए। स्थानिय विद्यार्थी भर्ना गर्न नसक्नु कमी कमजोरी कहाँ छन्, पहिचान गर्नुपर्यो, । उनका अनुसार कोभिडले विद्यालय संचालनमा ढिलाइ हुदा आएका समस्याहरुलाइ शिक्षकले व्यवस्थापन गर्नुपर्ने बताए । पोखरा महानगरपालिकाका शिक्षा शाखा अधिकृत बद्धिनाथ सुवेदीले कोभिडका कारण विद्यालय बन्द रहदा पनि तुलनात्कम रुपमा राम्रो रहेको जानकारी दिए।
नेपाली शिक्षाको गुणस्तरमा सुधार
नेपाली शिक्षाको गुणस्तर बृद्धिका लागि प्रारम्भिक कक्षा पढाइले महत्वपुर्ण भुमिका खेलेको इन्द्रराज्यलक्ष्मी पोखराका प्राध्यापक केशव प्रसाद अम्गाइले जानकारी दिए । उनले विद्यालयले पुर्वधार लगायतको कक्षको सुधार शिक्षाको गुणस्तर बृद्धिका लगायतका सुधार गर्न नसके शिक्षाको गुणस्तर सुधार्न नसकिने भन्दै सवैभन्दा पहिला यि कुराहरुमा ध्यान दिएको बताए ।
पोखरा १० कालिका मां वि का शिक्षकिा शोमा देवी कोइरालाले विद्यार्थीमा प्रारम्भिक कक्षा पढाइले पढने बानीको विकास सगै विद्यार्थीले शुद्ध लेख्ने र पढने बानीमा सुधार आएको बताउनु हुन्छ । “धेरै प्रभावकारी भएको छ , बच्चाहरु अनुशासन भएका छन्, पढने बानीको विकास सगै शब्द उच्चारणमा पनि निकै सुधार भएको छ ।,
उक्त कार्यक्रमले जग बाटै शिक्षा क्षेत्रको सुधारका लागि धेरै राम्रो काम गरेको र नतिजा समेत राम्रो आएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले बताए । कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने सगै विद्यालय भर्ना अभियान, शिक्षण पद्धती, सिकाउने कला, विद्यार्थीलाई विद्यालय जानुपर्छ भन्ने भावनाको विकास सगै अन्य धेरै काममा सहयोग गरेको उनको भनाई थियो । सन २०१४ वाट कार्यक्रम सुरु भएकोमा सन २०१६ लाई आधार अध्ययन बर्ष र सन २०१८ मा मध्यावधि मुल्याङकन वर्ष मानि गरिएको अध्ययन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले एक मिनेटमा ४५ शब्द पढ्न सगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नु पर्ने हुन्छ । जसका लागी विद्यालयका प्राधानध्यापकलाइ ५ दिने र प्रारम्भिक तहका शिक्षकलाइ १० दिने तालिम र कक्षाकोठा छापामय बनाउन विद्यालयलाइ अनुदान समेत दिइएको छ ।