एक्साभेटरसहित ७ वटा टिपर नियन्त्रणमा

तनहुँ संवादाता ।
प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटरसहित ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

म्याग्दे गाउँपालिका– ५ स्थित सेती नदि किनारबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा ग १ क २८७९ नम्वरको एक्साभेटरसहित ग १ ख ८७७७ नम्वरको टिपर, भानु नगरपालिका– ९ दमालघाटमा बालुवा उत्खनन् गरी ल्याएको ग १ क ५२२० नम्वरको टिपर र सेती दोभान घाटबाट अवैधरुपमा गिटी बालुवा उत्खनन् गरी ओसारपोसार गर्दै गरेको अवस्थामा ग १ क ४२९० नम्वरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै बन्दीपुर गाउँपालिका– ६ स्थित सराङघाटमा अवैध रुपमा संचालन भै हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योगबाट ढुंगा बालुवा ल्याउदै गरेको अवस्थामा ग १ ख ४७२७, ग १ क ३४२३, ग १ ख ९२५३ र ग १ ख ७९९७ नम्वरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहर िनायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नियन्त्रणमा लिएका सम्पुर्ण सवारी साधनलाई सम्वन्धित पालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...