काठमाडौं । अमेरिकीले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएको छ । राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको ओहदको प्रमाणपत्र बुझ्दै वाइडनले नेपालबारे बताएका हुन् ।
अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साँझ एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’
ओहदाको प्रमाणपत्रसँंगै खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए । राजदूत खतिवडाले अमेरिकाले नेपाललाई गरेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका थिए ।