देवघाटमा आगलागि हुँदा घर जलेर ध्वस्त

तनहुँ संवादाता ।
देवघाटमा आगलागि हुँदा घर जलेर नस्ट भएको छ । देवघाट गाउँपालिकाको वडा नम्वर १ बसेनीटारमा आगलागि हुँदा स्थानीय मंगलसिंह भुजेलको घर जलेर ध्वस्त भएको हो ।

सोमबार ६ वर्षिय बालिकाले घर नजीकै लाइटर खेलाउँदा अकस्मात खरको छानोमा झिल्को पर्दा आगलागि भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए ।

बच्चाले दिउँसो लाइटर चलाउँदै गर्दा अकस्मात बलेर खरको छानामा पर्दा घर जलेको हो । जलेको घर स्थानीयले निभाउन कोसिस गरेपनि आगो नियन्त्रणमा नआएपछि घर पुर्णरुपमा क्षति भएको उनले बताए ।

आर्थिक स्तर कमजोर भएका भुजेल परिवारलाई घर जलेर क्षति भएपछि समस्या भएको छ । पीडित परिवारलाई गाउँपालिकाले तत्कालै केही थान म्याट उपलव्ध गराएको देवघाट गाउँपालिकाका अध्यक्ष रानाले बताए ।

त्यस्तै घर जलेर ध्वस्त भएको देखेपछि रोटरी क्लव अफ नारायणगढले सात हजार रुपैयाँ सहयोग गरेको छ । आगलागिमा वृद्धभत्ता र नागरिकताको प्रमाणपत्रसमेत जलेको हुँदा पीडित परिवार चिन्तामा रहेका छन् ।

आगलागिमा खाद्यान्न, भाडाकुडा, मोवाइल गरी करिव तीन लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलवालले जानकारी दिए ।

कमेन्टहरु
Loading...