गोरखामा एकै परिवारका तीन जना मृत फेला

गोरखा । गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान आफनै घरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत फेला परेका हुन् ।

बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेको प्रहरी बताएका छन् ।

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...