खोप अभियानमा सहभागी बनौँ: स्वास्थ्य विशेषज्ञ

काठमाडौं । स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने जनाउँदै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।

विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिनसक्ने समितिले जनाएको छ । गर्भवती, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन । खोप लगाउनु पूर्व आफ्नो स्वास्थ्यका बारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ ।

कमेन्टहरु
Loading...