लेखनाथ विभूतिमा खेलकुद सप्ताह

पौष २१, पोखरा/पोखराको रामबजार स्थिीत लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउने उदेश्यले आयोजना गरिएको खेलकुद कार्यक्रममा चकलेट दौड, तातो आलु, कबर्डी, बेलुन फुटाई, भाले जुधाई, बोरे दौड, कार्ड कलेक्सन लगायतका प्रतियोगिता गरिएको थियो ।

कक्षा नर्सरी देखि कक्षा आठ सम्मका विद्यार्थीहरुबीच आयोजित प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताहरु विद्यालय परिसर र फुटबल, लङ्जम्प, एथलेटिक्स लगायतका खेलहरु पोखरा रंगशालामा गरिएको विद्यालयका इन्चार्ज रोहिणी ढकालले जानकारी दिनुभयो ।

खेलकुद कार्यक्रमहरु शिक्षकहरु सुगम सेन्चुरी, राजिव वि.क., राजु रिजाल, र शिक्षिकाहरु सिता थापा, रामकुमारी दुरा, सपना मल्ल, संगिता गुरुङ, पोमा गुरुङ, कल्पना केसी लगायतको संयोजनमा सम्पन्न भएको हो । विद्यालयको आफ्नो शैक्षिक क्यालेण्डर अनुसार वार्षिकरुपमा यस प्रकारको खेलकुद कार्यक्रम आयोजना गरिएको प्राचार्य शुशिला केसी अधिकारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...