-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन्।
उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन।
उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताए।
पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले बताए।
तीन वर्षसम्म सचिवालयमा रहेर काम गरेका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरेको छ।
यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए। मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन।