सुनको मुल्य ८ महिना यताकै सस्तो, आज ११ सयले गिरावट

काठमाडौं । सुनको मुल्यमा आज ११ सय रुपैयाँले गिरावट आएको छ । यो गिरावटसंगै सुनको मुल्य ८ महिना यताकै सस्तो भएको छ । योभन्दा अगाडि सुनको मुल्य १ लाख ३ हजार ५ सयसम्म कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मुल्यमा ११ सयले गिरावट आएसंगै छापावाला सुन हाल तोलाको ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन तोलाको ९० हजार ९ सय रहेको थियो ।

तेजावी सुनको मुल्य ८९ हजार ३ सय ५० रुपैयाँ रहेको छ । तोलामा १ हजार ५० रुपैयाँले गिरावट आएसंगै तेजावी सुनको मुल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मुल्यमा २० रुपैयाँले गिरावट आएको छ । हाल चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...