नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटरसहित तीन सवारी नियन्त्रणमा

तनहुँ संवादाता ।
अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटरसहित तीन वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार आँबुखैरेनी गाउँपालिका– ३ कुडुलेघाट स्थित मस्र्याङदी नदिबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको बा २ क ४३५३ नम्वरको एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै भानु नगरपालिका– ११ पाउँदीखोलाबाट ग्राभल ढुंगा उठाइरहेको ग १ त ९८४० नम्वरको ट्याक्टर र ग ६ त ६६२ नम्वरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको एक्स्साभेटर र दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएका हौ,’ उनले भने ।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्वन्धित पालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

फाइल तस्बिर ।

कमेन्टहरु
Loading...