पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा फागुन २ गते देखी ४ गते सम्म सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु भएको छ ।
उक्त तालिममा ३० जनाको सहभागिता रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको र स्थापना काल देखी नै यो क्लव सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सवै सहकारीकर्मीले यसको अनुशरण गर्नुपर्ने धारण राखिन्।
कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघ लिमिटेड, कास्की सिएमसिसंग सहकार्य गरि अगाडी बढने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा क्लवका मानार्थ सदस्य एवं सहकारी विज्ञ भिम गुरुङ्गले क्लवले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसिको खाँचो महसुश गरि थुप्रै सिएमसि क्लवहरु गठन भएका र सिएमसि कास्कीको कामको प्रशंसा हुँदा गौरवको अनुभुत गरेको कुरा व्यक्त गरे ।
गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु समेत प्रशिक्षार्थीलाई अनुरोध गरे ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफस्कुनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरेले गर्नेछन् ।
सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गर्नु गरेका थिए ।
व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपताू भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले तालिम एवं गोष्ठीहरुको आयोजना गर्दै आएको छ ।
अध्यक्ष बस्नेतले संस्थाले सहकारी सम्बन्धी तालिमको लागि प्राविधिक सहयोग र सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउनको लागि प्रारम्भिक सहकारी संस्थालाई सहयोग गर्ने बताए ।
सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७ सय पेजको पुस्तक समेत प्रकाशन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।