‘कोटेश्वरको केटो’ले जित्यो १ लाख

गन्थन डेस्क

तीन दशक बढी पत्रकारितामा भिजेका राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटोले एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार जितेको छ । पुरस्कारको स्थापना नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इञ्जा)ले गरेको हो ।

कथा लेखनमा विशेष रुचि राख्ने पराजुलीको हालसम्म ५ कथा संग्रह प्रकाशित छन् । ४० वर्ष अघिको काठमाण्डौंलाई समेटिएको कोटेश्वरको केटोमा त्यसबेलाको जीवनशैली र राजनीतिलाई विषयवस्तु बनाइएको छ । रमाइलो कुरा त उनी कोटेश्वरमै जन्मिएका हुन् ।

उक्त संस्मरणलाई चार भागमा विभाजन गरिएको छ । कृति सन् २०२०२ मा प्रकाशन भएको हो ।

कमेन्टहरु
Loading...