नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार आज बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको हो ।
बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ।
अब पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ।