काठमाडौँको आम सभामा उडेको अबैध ड्रोन

पोखरा/केहि दिनअघि प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा निस्किएको आम सभामा कसैले ड्रोनबाट खिचेको फोटो र भिडियो सामाजिक संजालमा भाइरल नै बनेको थियो । तर आमसभामा ड्रोनको प्रयोग गरेर भिडियो वा फोटा लिनु भनेको अबैध काम हो । प्रहरीलाई प्राप्त जानकारी अनुसार आम सभामा ड्रोन उडाउने अनुमति सरकारी कुनै निकायले कसैलाई पनि दिएको छैन । सरकारकै समर्थनमा भएको आन्दोलन हो भनेर बल मिचाइमा आम सभामा ड्रोन उडाएको प्रहरीले अनुमान लगाएको छ ।
प्रधानमन्त्री ओलीको आम सभामा ड्रोनबाट खिचिएको तस्विर भिडियो सामाजिक संजालमा भाइरल भएसँगै दहाल नेपालले गरेको आम सभामा पनि ड्रोनबाट फोटो र भिडियो लिएको तथ्य फेला परेको छ । यसरी जनतालाई देखाएर सरकारको अनुमति नलिकन उडाईएको ड्रोनले कानुनको धज्जि उडाएन र ?

होईन भने त ड्रोन संचालनका लागि सरकारको आफ्नै निर्देशिका छ । त्यसलाई कसैले फलो गरेको पाईएन ।

गाउँठाउँमा ड्रोन उडाउँदा कारबाहि गर्ने प्रहरीले पनि आफ्नै अगाडीको ड्रोन किन देखेन त्यो भने रहस्यको बिषय बनेको छ ।

कमेन्टहरु
Loading...