‘यो त सरासर लुट हो’

taxi

अर्जुन गिरी÷समाधान

पोखरा, १८ पुस ।
यात्रु ः दाई, ट्याक्सी कस्को हो, महेन्द्रपुल जान पर्यो ।
चालक ः मेरो हो भाइ, बस्नु न लै हाल्छु नि ।
यात्रु ः मिटरमा जानुहुन्छ नि है रु
चालक ः मिटरमा त जान्न भाइ, १ सय ८० भाडा लाग्छ तपाईलाई मिलाएर १ सय ५० सम्म लैजान्छु ।
यात्रु ः कहाँ दाई पृथ्वीचोकबाट महेन्द्र पुलको पनि यती महँगो । मिटरमा जाम्न रु ट्याक्सी त मिटरमा चल्ने होईन र रु
चालक ः हुन न त हो भाई तर के गर्ने मिटरमा गयो भने त घाटा लाग्छ ।
यसरी मोलतोल हुन्छ, ट्याक्सी चालक र यात्रुबीच । अन्त्य त यात्रु परिस्थितिले गर्दा चालकले भने जति नै मूल्य तिर्न बाध्य हुन्छ । यस्तै सम्बाद समाधानले धेरै ट्याक्सी चालकहरूसँग गरेको थियो तर अधिकाशं ट्याक्सी चालकले एउटै जवाफ पायौं– ‘मिटरमा जान्नौं ।’
‘जसरी भए पनि मर्कमा त सोझासाझा यात्रु नै पर्ने ।’ नयाँ बजारस्थित चरक हस्पिटलअघि ट्याक्सीबाट झरेपछि कृष्ण अधिकारीले समाधनसँग गुनासो गरे । अधिकारीले भने ‘मैले छोरी बिरामी भएर ट्याक्सीमा अमरसिंह चोकबाट यहाँ ल्याउँदा १ सय ५० लियो । यो त सरासर लुट हो । तर के गर्ने आफ्नो बाध्यताले गर्दा केही बोल्नै भएन ।’ कुनै चालकले २ सय पनि लिन्छन, कसैले आफू खुशी १ सयमा पनि ल्याउने गरेको उनले बताए ।taxi pokhara
यातायत व्यवस्थापन विभागले ट्याक्सीमाप्रति किलोमिटर ३७ रुपैयाँ भाडा निर्धारण गरेको यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल, पोखराका प्रमुख देवीराम भण्डारीले बताए । कानुन बमोजिम निर्धारण गरेको नियम नमान्नेलाई कार्वाही हुने भण्डारीको भनाइ छ । उनले भने ‘केन्द्रबाटै वैज्ञानिक तवरले भाडा निर्धारण हुन्छ । त्यस अनुरूप व्यवसायीले नियम मान्दैनन भने कारवाहीको दायरमा ल्याउनु पर्छ । त्यसको जिम्मा यातायतलाई हँुदैन, ट्राफिक प्रहरीको जिम्मा हो ।’
ट्राफिकले ट्याक्सी चालकहरूले मिटर बिगारेको पाइएमा गुणस्तर तथा नापतौल विभाग र मिटर भाडामा चलाउन नमानेको खण्डमा यातायातमा कार्वाहीको लागि सिफारिस गर्नु पर्ने भण्डारीले बताए । ‘ट्याक्सी व्यवसायीलाई सरकारले निर्धारण गरेको दर चित्त वुझ्दैन भने उनीहरुले आफनो माग राख्न पाउने अधिकार छ तर मनपरी ढङगले भाडा लिन पाउँदैनन्’ उनले भने९‘सरकारले भाडा निर्धारण पनि त्यतिकै हचुवाको भरमा त गर्ने होइन नि । त्यहाँ विशेषज्ञहरूको टोली बसेर गाडीको तेलको बजार मूल्य, मजदुरको ज्याला, बिमा आदि कुराहरू सबैलाई आधार मानी मूल्य निर्धारण गर्ने हुन् ।’
मिटर ट्याक्सीमा मनलाग्दो भाँडा लिइँदै आएको भए पनि कुनै पनि सरकारी निकायमा जवाफ देहिता छैन । जसरी यातायात व्यवस्था विभागले ट्राफिक र नापतौललाई जिम्मेबारी थोपर्छ त्यसै गरी ट्राफिक प्रहरीले उपभोक्तामाथि दोष थुपार्छ । ट्याक्सीमा मिटर जडान नगरेको र मिटरमा जान नमानेको भनेर अझैसम्म ट्राफिक प्रहरीकोमा उजुरी नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक दान बहादुर थापा बताउँछन् । उनले भने ९‘कुनै यात्रुबाट अझैसम्म गुनासो आएको छैन, त्यही पनि हामीले बेलाबेलामा ट्याक्सी व्यवसायीहरूलाई मिटरमा चल्न भन्दै आएका छाँै ।’ पोखरामा करिब ४ हजारको हाराहारीमा ट्याक्सी रहेको भन्दै ट्राफिक एक्लैले यो समस्याको समाधान गर्न नसक्ने प्रहरी निरीक्षक थापाले बताए ।
केन्द्रबाटै भाडा समायोजन नभएको हुनाले ट्याक्सी व्यवसायीहरू मिटरमा नचलेको पोखरा ट्क्यासी व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारीले बताए । उनले भने ‘मूल्य वृद्धि भएपछि अन्य सार्वजनिक सवारी साधनको वैज्ञानिक तवरबाटै भाडा बढाएर समायोजन गरियो तर ट्याक्सीको चाहे नगरिएको हुनाले समस्या परेको हो ।’
प्रतिकिलोमिटर ३७ रुपैयाँ तेकिएको भए पनि अझैसम्म भाडा समायोजन नभएको उपाध्यक्ष अधिकारीले गुनासो गरे । उनले भने ‘हामी भाडा समायोजन भएपछि पूर्ण रूपले मिटरमा नै चल्छाँै । तर कुरा भाडा समायोजनको मात्र होइन कतिपय यात्रुले मिटर सिस्टमको बारेमा थाहा नपाएर भाडामै जाने प्रस्ताव राख्छन् ।’
काठमाडौंमा भने पुस १ गतेदेखि उपत्यका ट्राफिक प्रहरीले सादा पोशाकमा अनुगमन थालेको छ । प्रहरीहरू आम यात्रु झै ट्याक्सीमा चढेर अनुगमन गर्छन् । त्यसरी आम यात्रु जसरी ट्याक्सीमा चढेर अनुगमन गर्दा धेरैजसो ट्याक्सी चालकहरू अनियमित तवरले सञ्चालन हुने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बसन्त कुमार पन्तले बताएका छन् ।

कमेन्टहरु
Loading...