लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा राजश्वबाट साढे २ करोड रकम संकलन गरेको छ । नगर प्रमुख गुमान सिंह अर्यालका अनुसार चाल आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न शीर्षकमा २ करोड ५४ लाख ७४ हजार राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्षमा ७० लाख ढुंगा, गिटी बालुवा लगायतका स्रोत उपयोग कर संकलनको अनुमानित लक्ष्य लिइएकोमा साढे ८ महिनाको अवधिमै ९५ लाख ९९ हजार संकलन भएको छ । त्यस्तै सेवा शुल्क र दस्तुर ६० लाख २६ हजार, घरजग्गा रजिष्ट्रेसन ३३ लाख ९१ हजार, सम्पत्ति कर १८ लाख ५० हजार, मालपोत तथा भूमिकर ११ लाख १० हजार, घरजग्गा बहाल कर १६ लाख ९९ हजार, व्यवसाय कर १२ लाख २५ हजार र सरकारी सम्पत्ति वहालकर ५ लाख ७४ हजार संकलन भएको नगरपालिकाकाले जनाएको छ ।
आर्थिक वर्ष २०७७ र ०७८ मा आन्तरिक आयतर्फ ३ करोड ५० लाख ८० हजारको अनुमानित लक्ष्य राखेको बेसीसहर नगरपालिकाले करिव ७ महिनाको अवधिमै आन्तरिक आयमा ७२.६२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।