बाँध मर्मत गर्न फेवातालको पानी घटाइयो

पोखरा । बाँध मर्मतको लागि फेवातालको पानी घटाइएको छ ।

फेवाताल संरक्षणकै लागि बनाइएको बाँध जीर्ण अवस्थामा रहेपछि बाध निर्माणको लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिएका छन् ।

गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो । कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।

विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मेन्टेनसन गरेपश्चात् तालमा पानीको सतह पुनः पहिलेको लेभलमा आउने छ । आचार्यका अनुसार तालमा पानीको मात्रा करिब १ महिनासम्म यही रुपमा हुनेछ ।

मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।

कमेन्टहरु
Loading...