काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम हुने भए पनि काठमाडौंको दरबारमार्ग आसपासका क्षेत्रमा सार्वजनिक सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरको आम हड्तालले सास्ती भोगेका नागरिकलाई सार्वजनिक सवारीसाधन प्रवेशमा रोक लगाइए पछि सो क्षेत्रमा फेरी आज समेत सास्ती हुने भएको छ । कार्यक्रमलाई ध्यानमा राख्दै दरबारमार्ग भएर चल्ने सवारीसाधनलाई ठाउँ–ठाउँबाट डाइभर्सन गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार माइतीघर मण्डला, लैनचौर, पुतलीसडक, पद्मोदय, जयनेपाल हल, सिंहदरबार, त्रिपुरेश्वर, थापाथली, कृष्ण पाउरोटी लगायतका क्षेत्रबाट सार्वजनिक सवारीसाधन डाइभर्सन गरिएको छ ।
त्यस्तै चक्रपथभित्र यात्रुबहाक ठूला सार्वजनिक बसलाई चलाउन दिइएको छैन । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रममा हुने चापलाई ध्यानमा राख्दै यात्रुबहाक ठूला बसहरुलाई चक्रपथमा मात्रै चलाउन अनुमति दिइएको छ ।