गन्थन डेस्क । नेकपाका दाहाल–नेपाल पक्षले बिहीबार आह्वान गरेको आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मी माथि दाहाल नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले हातपात गरेका छन् ।
ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेका दिवाकर शाहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन् । कार्यकर्ताले शाहलाई प्रेस चौतारीको पत्रकार भनि हातपात गरेका हुन् ।