सरकारद्वारा कक्षा ८ र ११ को पाठ्यक्रममा नेपालको नयाँ राजनैतिक नक्सा प्रयोगमा ल्याउने निर्णय

काठमाडौं । लिम्पियाधुरा–कालापानी सहितको भुभाग समावेश गरिएको नेपालको नक्सालाई सरकारले कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश गरेको छ । दुवै कक्षाको पाठ्यपुस्तकमा लिम्पियाधुरा–कालापानी सहितको भुभाग समावेश गरिएको नेपालको नक्सा समावेश गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

सरकारले भारतले लामो समयदेखि मिचेको लिम्पियाधुरा तथा कालापानीसहितको भुभाग फिर्ता गरेर नक्सा नेपालको संविधान संशोधन भई पारित गरेको थियो । गत जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सरकारले सार्वजनिक गरेपछि यसको सर्वत्र स्वागत भएको थियो । तर पछि पाठ्यक्रमहरुमा सरकारले नेपालको नयाँ राजनैतिक नक्सालाई समावेश नगर्दा विरोध भएको थियो ।

कक्षा ८ र ११ को पाठ्यक्रममा लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटेर सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनैतिक नक्सा प्रयोगमा ल्याइएसंगै अब विद्यार्थीहरुले नेपालको अद्यावधिक नक्सा आफ्नै पुस्तकमा पट्न तथा हेर्न पाउने भएका छन् ।

कमेन्टहरु
Loading...