तनहुँ संवादाता ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीले मंगलबार २१ वटा होटेलहरु स्तरीकरण गरेको छ ।
खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्वन्धि निर्देशिका २०७४ मा आधारीत रहेर गत हप्ता डुम्रे आँवुखैरेनीका होटल तथा रेष्टुरेन्टमा अनुगमन गरिएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले बताए ।
‘मंगलबार होटेल संचालकलाई लोगो वितरण गर्नुका साथै अभिमुखिकरण सम्पन्न गरियो,’ उनले भने ।
होटेल स्तरीकरण गर्ने उदेश्यले कार्यालयले गत हप्ता अनुगमन गरेको थियो ।
कार्यालयले एक कार्यक्रमको आयोजना गरी होटेल संचालकलाई लोगो प्रदान गरेको छ । बन्दीपर –५ बरादीमा गरिएको कार्यक्रममा होटेल व्यवसायीको बाक्लो उपस्थिती रहेको थियो।
होटेल, रेष्टुरेन्ट, होमस्टेलगायत व्यवसायीहरुले स्वच्छता कायम राख्ने, खाना स्वच्छ बनाउने, कोही पनि विरामी नपरुन भन्ने उदेस्यले स्वच्छ तर अभ्यासमा आधारीत ५० बुँदे सुचकहरु प्रस्तुत गरिएको थियो ।
खाद्य ऐन,खाद्य स्वच्छता, मिसावट र उपभोक्ता हक अधिकार सम्वन्धमा अभिमुखिकरण कार्यक्रम गरी स्तरीकरण भएका होटेलहरुलाई लोगो प्रदान गरिएको पोख्रेलले बताए ।
२१ वटा होटेलहरुको स्तरीकरण गरिएको मध्ये मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, फिस्टेल रेष्टुरेन्ट र मुस्ताङ प्लाजाले अति उत्तम लोगो प्राप्त गरे । त्यस्तै ६ वटाले उत्तम, सन्तोसजनक १० वटाले र सामान्य दुई वटाले प्राप्त गरेका छन् ।
लोगो वितरण कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कार्यक्रमले होटेल व्यवसायीलाई उत्तरदायी बनाउनुका साथै पर्यटनमा टेवा पुग्ने विस्वास व्यक्त गरे ।