- सौगात पोखरेल
आजकालको युवा पुस्ता राजनीतिक विषय भन्ने बित्तिकै नाक खुम्च्याएर बस्छ । उनीहरु नाक खुम्च्याएर मात्र बस्दैनन बरु ‘पोलिटिक्स इज डर्टी गेम’ भन्दै राजनीतिबारे सोच्न नै बन्द गरिदिन्छन् ।
सुदर्शन पनि २१ बर्षीय युवा हो । उ स्नातक तह दास्रो बर्षमा साहित्य र पत्रकारीता बिषयको अध्यायन गरिरहेको छ । साहित्यमा अलि बढि रुचि राख्ने सुदर्शनको फिल्ममा पनि उत्तिकै चासो छ । उ फुर्सद हुँदा कि पुस्तक पढ्छ कि त सिनेमा हेर्छ । उसको जीन्दगी यस्तै केहि गरेर बितेको थियो । माघ १२ गते पनि सुदर्शन सिनेमा हेरिरहेको थियो । त्यहि बिचमा उसले फेसबुक स्क्रोल गर्दा चर्चित साहित्यकार तथा पत्रकार नारायण वाग्लेलाई बालुवाटार मार्चमा प्रहरीले पानीको फोहोरा हानेको दृश्य देख्यो ।
अनि उसलाई लाग्यो संविधान रक्षाका लागि आवाज उठाउनु कहाँनेर गल्ती भयो ? उमेरले बुढ्यौली लागेको वाग्ले त संविधानको रक्षा र सरकारले गरेको प्रतिगामी कदमको बिरोध गरे भने हामीले किन नगर्ने भन्ने सोच आयो । सरकारले संसद बिघटन गरि चालेको प्रतिगामी कदमको बिरोधमा बोल्नुपर्छ भन्ने कुरामा सुदर्शन कै साथी हेमन्त पहारी पनि सहमत भए । हेमन्त पनि विएएलएलवि तेस्रो सेमेस्टरमा अध्यानरत छात्र हुन् । उनलाई सामाजिक बिषयहरुले अलि बढि छुन्छ । कहिले किताबमा लगाएको करको बिषयमा त कहिले उखु किसानको माग पुरा गराउनका लागि उनी सडकमा उत्रिएका नै थिए ।
संसद बिघटनजस्तो प्रतिगामी कदमको बिरुद्ध आन्दोलनमा उत्रिन उनीहरुले अग्रज साहित्यकार,व्यबसायी, पत्रकारहरुलाई हारगुहार गरे । तिनै दुइजना केटाहरुको दिमागमा हुर्किएको आन्दोलनका चेतलाई शनिबार पोखराका साहित्यकार पत्रकारहरुले सडकमा उपस्थित भएर सहभागिता जनाए । आन्दोलनमा उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष आनन्दराज मुल्मी ,साहित्यकार गनेस पौडेल,कलाकार सुनिल सिग्देल लगायतका व्यक्तिहरु संसद बिघटनको बिरुध्द नारा लगाउँदै सडकमा सहभागिता जनाएका थिए ।
नागरिक समाजको नाममा भएको आन्दोलनमा धेरै त युवाहरुको नै सहभागिता थियो । आन्दोलनमा सहभागिहरुलाई आन्दोलनको औचित्य बताउँदै सुदर्शनले संसद बिघटन संविधान कै बिघटन भएको दावा गरिरहेका थिए । पहारी भने मञ्चको पछाडी बसेर व्यबस्थापकिय भुमिका खेलिरहेका थिए ।
उनीहरु सरकारी कदम नसच्चिएसम्म आन्दोलन गरिरहने मनस्थितिमा छन् । आन्दोलनकै निरन्तरताको लागि अर्को हप्ताको शनिबार उनीहरुले सडकमा प्रतिगमनको बिरुछ कविता बाचन राख्ने योजना बताए ।
पौडेल र पहारी जस्तै अन्य थुप्रै युवाहरु पनि आन्दोलनमा सहभागि थिए । अन्य उनकै उमेरका युवाहरुलाई पनि सरकारले गरेको कदम गलत हो भन्ने लागेको कारण उनीहरु आन्दोलनमा आएको बताउँछन् । सरकारले संसद बिघटन गरेको करिव महिना दिन पछाडी तिनै फुच्चेहरुको क्रियाशिलता र ईच्छाशक्तिको बलमा पोखरामा नागरिक आन्दोलन थालनी भएको छ ।